११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

ओखलढुंगा । बिहेमा गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका ८ माम्खामा आफन्तको बिहेमा गएकी ३२ वर्षीया कमला परियारको भीरबाट लडेर मृत्यु भएको हो । गत सोमबार घरबाट आरुवोटे भन्ने स्थानमा आफन्तको बिहेमा गएकी परियारको भुसुने जंगलको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

बिहेमा गएकी महिला दुई दिनसम्म घर नफर्किपछि आफन्तले खोजतालास गर्ने क्रममा उनको शव मंगलबार करिब २ सय मिटर तल खेतमा फेला परेको प्रहरी निरिक्षक शिव कट्टेलले बताए । महिलाको शव फेला परेपछि आफन्तले प्रहरीलाई खबर गरेको र प्रहरीले घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रकृया पुरा गरेर शवको पोष्टमाटमपछि परिवारलाई जिम्मा दिइसकिएको कट्टेलको भनाई छ । प्रहरी अनुसन्धानले पनि भुसुने जंगलको भीरको घोरेटो बाटोबाट उनी लडेको पुष्टी गरेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

चट्याङ लागेर मृत्यु भएकाका परिवारलाई दुई लाख
जिल्ला विपद् ब्यवस्थापन समिति ओखलढुंगाले केहीदिन अघि चट्याङ लागेर मृत्यु भएकी ओखलढुंगाकी छम्जी शेर्पाका परिवारलाई राहात रकम प्रदान हस्तान्तरण गरेको छ । गत शनिबार बेलुका पानीसँगै परेको चट्याङले लागेर मृत्यु भएकी मोलुङ गाउँपालिका ६ नयाँ वनकी २४ वर्षीय शेर्पाका परिवारलाई समितिले राहात स्वरुप २ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।मृतकका परिवारका तर्फबाट सासु र जेठाजुको रोहवरमा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले राहातस्वरुप नगद रकम हस्तान्तरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिए ।

नेपाल सरकारले विपद् परेर मृत्युवरण गरेका परिवारलाई हस्तान्तरण गर्दै आएको राहात रकम हस्तान्तरण गरिएको सहायक प्रजिअ भट्टराईको भनाई छ । मृतक शेर्पाको शनिबार बेलुकी आफ्नै घरमा बसीरहेको अवस्थामा अचानक परेको चट्याङले लागेर घटनास्थलमै ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]