सप्तरीको राजगढ गाउँपालिका वडा न. ५ स्थित धौनकी टोलमा अाज बिहान आगलागी हुँदा चार घर जलेर झन्डै ५ लाखकाे क्षति भएको छ ।
स्थानिय सहदेव मण्डलको गाइकाे गाेठमा बालिएको घुरबाट अचानक सल्किएको आगोबाट निज मण्डलको गाइ गाेठका साथै छिमेकिहरु शिवकुमार मण्डल, सुवंश मण्डल र कपलेश्वर मण्डलको एक एक ओटा घर जलेर नष्ट भएको हो । अचानक भएको आगलागीमा परी सहदेवको भैंसी जलेर मरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । शिवकुमारको करिब २५ मन धान समेत जलेर खरानी भएको स्थानीयवासिन्दाले जानकारी दिएका छन् ।
यसेबिच राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्र प्रहरी र स्थानीयवासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो । यता आगलागीमा परी करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरिएको छ ।