३० कार्तिक २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

दाङ : दाङको घोराही र तुलसीपुर कारागारमा रहेका कैदीबन्दीलाई कम्प्युटर प्रदान गरिएको छ। रोटरी क्लब दाङको समन्वयमा विभिन्न संस्थाहरूले कारागारका कैदीबन्दीलाई कम्प्युटर प्रदान गरेका हुन्।

विभिन्न कारणले कैद भुक्तान गरिरहेका कैदीहरूलाई कम्प्युटर उपलब्ध गराइएको हो। कम्प्युटर पाएपछि कैदीबन्दीहरू खुशी भएका छन्।तुलसीपुर कारागारमा रहेका कैदीबन्दी बुद्धि रोकाले कारागारभित्रै कम्प्युटर सिक्न पाउने भएपछि धेरै खुशी लागेको बताए। उनले भने,‘ मैले बाहिर हुँदा सिकेका कुराहरू यहाँ आइसकेपछि सबै बिर्सेको थिएँ, दिमाग शिथिल भइसकेका कैदीबन्दीलाई प्राविधितर्फ उन्मुख गराउँदा निकै खुशी लागेको छ।’ उनले कारागारमा रहँदा प्रविधि प्रयोग गरी खाली समयको सदुपयोग गर्न सकिने समेत बताए।घोराही कारागारमा रहेका प्रशिक्षक कैदीबन्दी विक्रम थापाले धेरै खुशीको अनुभूति भएको बताए। उनले विगतमा भुलेका कुराहरू सिक्न अवसर मिलेको समेत बताए। कारागारभित्र यस्तो सेवा पाउँदा कैदीबन्दीमा पनि उत्साह जागेको र भोलिका दिनहरूमा उनीहरू यहाँबाट गएपछि सही मार्गतिर लाग्न मद्दत पुग्ने उनको भनाइ छ।२ वर्षदेखि घोराही कारागारमा रहेका अर्का समीर वलीले पनि कम्प्युटर सिक्न पाउँदा धेरै खुशी लागेको बताए। ‘बाहिर हुँदा कम्प्युटरमा भिडियो हेर्ने मात्र जानेको थिए,’ उनले थपे, ‘ कम्प्युटर कोर्षहरू पढेको थिइनँ। कारागारजस्तो ठाउँमा कम्प्युटर सिक्न पाउँदा धेरै खुशी लागेको छ।’

गत वर्षदेखि दाङको घोराहीमा रहेको कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरूलाई शिक्षा दिन ज्ञान ज्योति विद्यालय नामाकरण गरी विद्यालय स्थापना गरेर शिक्षा दिन शुरू गरिएको थियो। कारागारभित्र टिनले बारेको सानो कोठाको भित्तामा नेपाली वर्णमाला टाँगेर कैदीहरूलाई शिक्षा दिन कक्षाकोठा बनाइएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]