३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

बढ्दो मूल्यको सबै भार उपभोक्तामा पर्न नदिन कोष स्थापना गरेको तथ्य स्मरण गरी निगमले तत्काल मूल्य स्थिरीकरण कोषको रकम उपयोग गर्नुपर्छ ।

कुनै समय कच्चा तेलको भाउ विश्व बजारमा १ सय ४५ अमेरिकी डलर प्रतिब्यारेल पुग्दा नेपाली बजारमा इन्धनको हाहाकार भोगेपछि सरकार तथा सरोकारवाला निकायबीचको समन्वयमा उपभोक्तालाई मारमा नपार्न मूल्य स्थिरीकरण कोष स्थापना गरिएको थियो । विश्व बजारमा इन्धनको मूल्य अचाक्ली बढ्दा त्यसको प्रत्यक्ष असर नेपाली उपभोक्तामाथि नपरोस् भन्ने उद्देश्यले स्थापित मूल्य स्थिरीकरण कोषमा हाल करिब ११ अर्ब रुपैयाँ संकलन भएको छ । यसरी निगमको घाटा बढ्दै गएको तथा सोही अनुपातमा मूल्य बढाउन सम्भव नभएकाले बढ्दो मूल्यको सबै भार उपभोक्तामा पर्न नदिन कोष स्थापना गरेको तथ्य स्मरण गरी निगमले तत्काल मूल्य स्थिरीकरण कोषको रकम उपयोग गर्नुपर्छ ।पेट्रोलियम पदार्थ तथा ग्यास मूल्य स्थिरीकरण कोष स्थापना गरेर निगमले २०७१ सालदेखि पेट्रोलियम पदार्थमा ०.५ प्रतिशतका दरले संकलन गर्दै आएको थियो । २०७३ सालदेखि बढाएर पेट्रोलियम पदार्थको मूल्यमा १ प्रतिशतका दरले कोषमा रकम जम्मा गर्दै आएको छ । यसरी कोषमा विगत ६ वर्षको अवधिदेखि रकम जम्मा गर्दै गएको निगमको हाल आफू घाटामा गएको भन्दै फेरि उपभोक्ताको ढाड सेक्ने कार्य न्यायोचित हुँदैन । विगतमा विश्व बजारमा मूल्य बढ्दा नेपाली बजारमा पनि मूल्य बढाउने र विश्व बजारमा घट्दा नेपाली बजारमा पनि घटाउने स्वचालित मूल्य प्रणालीको प्रयोग गर्न सुरु गर्दा पनि यसको विरोधमा स्वर नसुनिएको होइन । तर, मूल्य बढ्दा भने बढाउने निगमले घट्दा नघटाउने क्रम बढेपछि स्वचालित मूल्य प्रणाली प्रयोगमा ल्याउन दबाब परेको थियो ।

स्वचालित प्रणाली प्रयोगमा आएपछि विश्व बजारमा मूल्य अचाक्ली बढ्दा पनि त्यसको प्रत्यक्ष भार तत्काल उपभोक्तालाई नपार्न सुरु गरिएको मूल्य स्थिरीकरण कोषको सदुपयोगमा भने निगमको सधैं अनिच्छा रहँदै आएको छ । कोरोनाकालमा विश्व बजारमा तेलको मूल्य तल झरेर २५ अमेरिकी डलर प्रतिब्यारेलमा आउँदा पनि निगमले घरेलु बजारमा त्यहीअनुरूप मूल्य समायोजन गरेन, तर अब विश्व बजारमा मूल्य बढ्न थाल्नासाथ घरेलु बजारमा इन्धनको मूल्य बढाउन उत्साहित हुनुले निगमको नियतमा खोट देखिन्छ ।कोषमा डिजेल, पेट्रोल, मटीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यास बिक्रीबाट निगमले संकलन गरेर १० अर्ब ६२ करोड रुपैयाँ जम्मा गरेको छ । तर, निगमले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर आएका कारण निगम पछिल्ला १५ दिनमा १ अर्ब घाटामा रहेको जनाउँदै बजारमा इन्धनको मूल्य बढाउने सुरसार गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट त्यस घाटाको पूर्ति गर्न छोडेर उपभोक्ताको ढाड सेक्न कम्मर कसेर लाग्नुका पछाडिको कारण खुलाउन सकेको छैन । त्यतिमात्रै होइन, विगत तीन वर्षदेखि नाफामा रहेको भन्दै भर्खर कर्मचारीलाई बोनस बाँडेको निगमले घाटा हुँदा उपभोक्ताको टाउकोमा हाल्ने र नाफा हुँदा बोनस खाने कार्य गर्न सुहाउने पनि होइन ।निगमका अनुसार २०७१-७२ मा प्रतिलिटर १ सय ३४ रुपैयाँ रहेको पेट्रोलको मूल्य अहिले १ सय १० रुपैयाँ रहेको छ । २०७१-७२ मा १ सय ५ रुपैयाँ रहेको डिजेलको मूल्य हाल घटेर ९३ रहेको तथा १ सय ४३ रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धन हाल घटेर ६५ रुपैयाँमा झरेको निगमको तर्क छ । तर, आर्थिक वर्ष २०७१-७२ देखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै निगमले मूल्य स्थिरीकरण कोषमा रकम जम्मा गर्न सुरु गरेको हुनाले कोषमा रहेको रकम सदुपयोग नगर्नु र उपभोक्तालाई राहत दिन नखोज्नु गलत हो ।

त्यसमाथि निगमले वातावरण प्रदूषण शुल्क, सडक मर्मत, पूर्वाधार करलगायतका विभिन्न शीर्षकमार्फत उपभोक्ताबाट शुल्क असुल गर्दै आएको छ । त्यो रकम पनि खर्च नै नभएर थन्किने गरेको छ । जसरी पनि उपभोक्तालाई नै मारमा पार्ने यस प्रकारको कार्य निन्दनीय छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]