काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा ३० माघमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सोनाम ल्होछारको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछार नयाँ वर्षका रूपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्छन् ।
यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्तिलगायतका चाड पर्वको बिदा कटौती गरेको थियो । तर संसद् विघटनपछि विकसित राजनीतिक घटनाक्रमसँगै सरकारले यी चाडपर्वमा फेरि सार्वजनिक बिदा दिन लागेको छ ।