१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २८, २०७७

क्रिस्टियानो रोनाल्डोकाे टिम युभेन्टस लगातार दोस्रो पटक कोपा इटालियाको फाइनल प्रवेश गरेको छ । सेमिफाइनलमा इन्टर मिलानलाई पन्छाउँदै युभेन्टस फाइनल पुगेको हो ।

गएराति इन्टर मिलानसँग दोस्रो लेग गोलरहित बराबरी खेलेपछि समग्रमा २–१ को जितसहित युभेन्टस लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । पहिलो लेगमा युभेन्टसले मिलानको होममा २–१ को जित निकालेको थियो । तर, घरेलु मैदानमा युभेन्टसले दोस्रो लेगको खेलको अन्त्यतिर निकै नै दवावमा पर्यो । मिलानका रोमेलु लुकाकु र अचरिफ हाकिमीले दुई सुवर्ण अवसर गुमाए । त्यसपछि युभेन्टसले मे १९ मा हुने फाइनलमा स्थान पक्का गर्यो ।

युभेन्टसले अब उपाधिका लागि एटलान्टा र गत संस्करणको विजेता नापोलीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । आज राति दास्रो लेगमा खेल्न लागेका उनीहरुबीचको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]