११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्‍त्री पद्माकुमारी अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेकी छिन्।

आज (मंगलबार) कालिमाटीस्थित तरकारी बजारमा अनौपचारिक पोशाकमा तरकारी बजार पुगेर अनुगमन गर्दै त्यहाँको बजारको वस्तुस्थितीको बारेमा जानकारी लिएकी हुन्।मन्‍त्री अर्यालले बजारको कार्यतालिका र कार्यान्वयनको अवस्थाको रिपोर्ट लिएर फागुन १ गते मन्‍त्रालयमा उपस्थित हुन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई निर्देशन दिएकी छिन्। केही कर्मचारीसहित कालीमाटी बजार अनुगमन गर्न पुगेकी मन्‍त्री अर्यालले तरकारी, माछा, स्टलको भाडा, मूल्य र स्टललगायतका बारेमा जानकारी लिइन्।

फोहोर व्यवस्थापन र स्टललाई व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै मन्‍त्री अर्यालले मन्‍त्रालय र बजार समितिबीच छलफल गरी तत्काल एउटा निष्कर्षमा जाने बताइन। मन्‍त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउदै उनले किसानको पसिनाको उचित मुल्य प्राप्त गर्ने वातावरण निर्माण गरिने बताइन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]