
सप्तरी – सप्तरी भगनी चौकमा मोटरसाइकल दुर्घटना हुदाँ ३ जना घाइते भएका छन् ।
सप्तकोशी नगरपालिका-१० भगनी चौकमा प्र २,०३,००८ प ८१६३ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्रीसहित ३ जना घाइते भएका हुन् ।घाइतेहरु मध्ये एकको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइते हुनेमा सोही नगरपालीका-११ का स्थानिय (पैदलयात्री) जुगेश्वर सदा रहेका छन् । उनलाई उपचारका लागि धर्मेश्वर हस्पिटल लगिएको जनाइएको छ ।
त्यस्तै, मोटरसाइकल सबार उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-१२ का उपेन्द्र कार्की, सोहि ठाउँका इन्द्र खड्का समान्य घाइते भएका छन् ।