०८ कार्तिक २०७७, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन २९, २०७७

सप्तरी,२९असोज: नेपाल टेलिकमको फोरजी ग्राहक एक महिनामै ७ लाख भन्दा बढीले थपिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले हालै जारी गरेको साउन महिनाको एमआईएस प्रतिवदन अनुसार टेलिकमको फोरजी प्रयोगर्ताको संख्या १५ लाख ५१ हजार पुगेकाे छ।

याे संख्या अघिल्लो महिनासम्मको तुलानमा झन्डै दोब्बर नै हो । प्राधिकरणले सार्वजनिक गरेको असार मसान्तसम्मको प्रतिवेदन अनुसार नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता ८ लाख ४४ हजारको हाराहारीमा मात्रै रहेका थिए ।

तर, एक महिनाको अवधिमा प्रयोगकर्ता संख्या झण्डै दोब्बर भएकाे छ । योसँगै नेपालमा कुल फोरजी प्रयोग गर्नेको संख्या ५४ लाख ९७ हजार ३ सय ३२ पुगेका छन् ।

त्यसमा एनसेलका फोरजी ग्राहक ३७ लाख ६३ हजारको हाराहारीमा रहेका छन् भने स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता १ लाख ८२ हजार ५ सय भन्दा बढी रहेका छन् । अघिल्लो महिनाको तुलानमा एनसेलको फोरजी प्रयोगकर्ता १५ हजार ९ सय २४ मात्रै थपिएका छन् ।

यस्त्तै स्मार्ट टेलिकमको फारजी प्रयोगकर्ता असार महिनाको तुलानमा घटेको प्रतिवेदनमा उल्लेख छ । असार सम्म २ लाख ३ हजारभन्दा बढी फोरजी प्रयोगकर्ता रहेकोमा हाल १ लाख ८२ हजार ५ मात्रै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Love
Haha
Wow
Sad
Angry

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहाकार    : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]