१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

तातोपानी (सिन्धुपाल्चोक) — भोटेकोसी गाउँपालिका–२ स्थित उत्तरी नाका तातोपानी २१ दिनपछि पुन: सञ्चालनमा ल्याइएको छ । भोटेकोसी नदीले क्षतिग्रस्त मितेरी पुल मर्मतसम्भार गर्न बन्द गरिएको नाकाबाट मंगलबार एकतर्फी रूपमा सामान भित्र्याइएको हो ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले मंगलबार तीन चिनियाँ कन्टेनर फलफूलसहित अन्य रेडिमेड सामग्री भित्र्याउँदै नाका खुलाइएको जानकारी दिए ।‘मितेरी पुलको मर्मतसम्भार सकेपछि चिनियाँ पक्षको ‘अफिसियल टाइम’अनुरूप २१ दिनपछि नाका खुलेको छ, टेलर कन्टेनरबाट सामग्री धमाधम भित्रिन थालेका छन्,’ उनले भने ।बर्खे बाढी र तिब्बतको न्यालमक्षेत्रका तालको पानी मिसिएर आएको भोटेकोसीले मितेरी पुलको जग र अन्य संरचनामा केही क्षति पुर्‍याएको थियो । चीनको खासास्थित ‘तिब्बती डिपार्टमेन्ट अफ कर्मस फरेन ट्रेड’ले अनुसार बाढीले क्षतिग्रस्त मितेरी पुल २० दिनमा मजबुत बनाइएको जनाएको छ । त्यसैअनुसार जाङमु पोर्ट म्यानेजमेन्ट कमिटीले नेपाल र चीनका व्यापारिक संघसंस्था र कम्पनीलाई सूचित गराइसकेको खत्रीले बताए ।तिब्बती समुदायको ल्होसार पर्व आउने भएकाले नाका २० दिनभन्दा बढी बन्द हुन सक्ने अनुमान गरिए पनि चीनले समयमै खुलाइदिएको भोटेकोसी गाउँपालिका प्रमुख राजकुमार पौडेलले जानकारी दिए । ‘नाका आंशिक रूपमा चलेको छ, पूर्ण रूपमा नखुलेकै कारण स्थानीय व्यवसायी, कन्टेनर मजदुर मारमा छन्,’ उनले भने ।

भूकम्प र भोटेकोसी बाढीले ध्वस्त बनाएको मितेरी पुललाई चिनियाँ कम्पनी ताइन सुन रोड एन्ड ब्रिज कम्पनीले वर्षदिन लगाएर ठड्याएको थियो । मितेरी पुलबाहेक बर्खाले क्षतविक्षत कोदारी राजमार्ग (२६ किलोमिटर) मा ४० फिटका चिनियाँ कन्टेनरमा मापदण्डभन्दा बढी तौल राखेरसामग्री आयात गरिएको व्यवसायीले आरोप लगाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]