गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका-७ वामीटक्सार बजारमा अनुगमन गरिएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाको निर्देशनमा वामीटक्सार बजारमा खाद्य ,गुणस्तर अनुमन पहिलोपटक गरिएको हो ।
२२ पसरलमा अनुगमनका क्रममा २१ किलो सुजी, कोकाकोला ३ कार्टुन, शोव आधा किलो , रामदेब कम्पनिको घ्यू डेढ किलो, आटाचक्की लगायतका म्याद नाघेका अखाध्य बस्तु बरामद गरिएको छ ।यस्तै अनुगमनको क्रममा मुल्यसुचि नराखेको ,दर्ता गरेअनुसारको व्यापार नगरेको पाइएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देहनालय भैरवहाका अधिकृत राजकुमार घिमिरे बताए ।केही सामग्रीहरु कम्पनीलाई नै फिर्ता पठाउने तथा केही बरामद सामग्रीलाई वामी प्रहरीले नष्ट गर्ने गरी जिम्मा दिइएको छ । बजारमा हुने कालो बजारी र म्याद गएका सामग्रीहरुको अनुगमन हुने गर्दछ ।जिल्ला सदरमुकाममा मात्रै गरिँदै आएको बजार अनुगमन सदरमुकाम बाहिरका ग्रामीण बजारहरुमा पनि गर्न थालिएको छ ।बजार अनुगमनमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरवहाका अधिकृत राजकुमार घिमिरे, जिल्ला प्रसाशन कार्यालयबाट नेत्रप्रसाद पन्थी, घरेलुबाट रबिलाल केसी, उद्यमी सहज विकास कर्ता बिक्रम ज्ञवाली रहेका थिए ।
त्यस्तै उद्योग वाणिज्य संघ गुल्मीका रामप्रसाद पन्थी, मुसिकोट नगरपालिका उद्योग वाणिज्य शाखाका सुदर्शन शाक्य, जिल्ला उपभोक्ता हित संरक्षण मन्चका प्रमुख युवराज भण्डारीलगायत पत्रकारहरुको सहभागितामा अनुगमन गरिएको थियो ।