२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग १ घण्टा छलफल गरेका छन्।

मंगलबार बिहान ११.५० बजे निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अन्य पदाधिकारीसँग १२.५० बजेसम्म छलफल गरेका हुन्।प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले छलफल निर्वाचनको तयारीका विषयमा केन्द्रित रहेको जानकारी दिए।पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ गते नयाँ निर्वाचनको घोषणा गरेका थिए।मंगलबारको छलफलमा प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीका बारेमा जानकारी लिँदै अगाडि तयारी अगाडि बढाउन आग्रह गरेको थापाले जानकारी दिए।‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीबारे जानकारी गराउनु भयो’, छलफलपछि पत्रकारसँग सल्लाहकार थापाले भने, ‘प्रधानमन्त्रीज्यूले आयोगले गरिरहेका तयारीका सन्दर्भमा धन्यवाद ज्ञापन गर्नु भएको छ र निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडि बढाउन सुझाव पनि दिनुभएको छ।’उनले आज प्रधानमन्त्री ओली पार्टीका तर्फबाट नभई सरकारका तर्फबाट निर्वाचनको तयारी बुझ्न आयोग आएको जानकारी दिए।यसअघि ओली नेतृत्वको नेकपाका पार्टी कार्यालय सचिव ईश्वरी रिजालले नेकपा दावी गर्नका लागि निर्वाचन आयोग आएको जानकारी दिएका थिए।सोही क्रममा आयोगका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई माघको २० गते पार्टी विभाजन भएको र आफूहरु आधिकारिक भएको दावीसहित निवेदन दिएको जानकारी गराएका थिए।

उक्त विवादबारे प्रधानमन्त्री ओलीले विगतका अभ्यास र कानुन हेरेर फैसला गर्न निर्वाचन आयोगलाई सुझाब दिएको थापाले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]