११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

काठमाडौं। सुनसरीको धरान उपमहानगरपालिका-१३ गौराटोल बस्‍ने भोजपुर हतुवागढी गाउँपालिका-६ घर भएका ३४ वर्षीय गुमान राईलाई करिब दुई केजी दुई सय ७० ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्दा गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो।

सिरहाको लहान नगरपालिका-९ मिलनचोकबाट करिब १५ केजी आठ सय ग्राम गाँजासहित गोलबजार नगरपालिका-१२ बेतौना बस्‍ने ३० वर्षीय सुलेन्द्र साहलगायत पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रदेश २ प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय लाहानबाट खटिएको संयुक्त प्रहरीले स.७ प २५८२ र स.१०प ९३७९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा दुई वटा बोरामा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। झापाको मेचीनगर नगरपालिका-६ मेची पुलबाट १८ ग्राम खैरो हेरोईनसहित कमल गाउँपालिका-६ बस्‍ने २८ वर्षीय प्रकाश लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट र लागुऔषध नियन्‍त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]