१२ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन २९, २०७७

सप्तरी,२९असोज: नेपालमाअझैसम्म पनि ४० वटा गाउँपालिकाको केन्द्रमा टेलिफोन र इन्टरनेट पहुँच पुगेका छैनन् । सुदूरपश्चिमको बझाङ, दार्चुला र बाजुरा, कर्णाली प्रदेशका जाजरकोट र डोल्पा, लुम्बिनी प्रदेशका पूर्वी रुकुम र पश्चिमी रोल्पाका स्थानीय तहमा यो समस्या रहँदै आएको छ ।

गण्डकी प्रदेशको पश्चिमी बागलुङ र उत्तरी गोरखा, नेपाल टेलिकमको टावर नहुँदा टेलिफोन र इन्टरनेटको पहुँचबाट गाउँपालिकाहरू वञ्चित भएका हुन् । त्यहाँको पालिकाका प्रशासनमा समेत आधुनिक सञ्चार सेवा पुग्न नसकेको गाउँपालिका महासङ्घले जनाएको हो ।

बागमती प्रदेशको दक्षिणी ललितपुर र काभ्रेको डाँडापारि क्षेत्रमा प्रदेश १ को माथिल्लो सङ्खुवासभा र उदयपुर तथा खोटाङको सुनकोसी क्षेत्रमा पनि नेपाल टेलिकमको टावर नहुँदा टेलिफोन र इन्टरनेटको पहुँचबाट गाउँपालिकाको प्रशासनिक केन्द्रहरू वञ्चित भएका छन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले मङ्गलबार भर्चुअल पत्रकार सम्मेलन गरी उक्त जिल्लाका गाउँपालिकामा इन्टरनेट र टेलिफोनको पहुँच नपुगेको जनाएको छ ।

ती गाउँपालिकाको आसपासको बस्तीलाई समेत सेवा पुग्ने गरी नेपाल टेलिकमको टावर स्थापना गर्नु अति आवश्यक भएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी गराए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]