नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री (केन्द्रीय सदस्य) रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सरकारी निर्देशनपछि प्रहरीले निगरानी गरिरहेको पाइएको छ ।
प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।भीभीआईपीलाई गालीगलौज गरेको अभियोगमा गृह मन्त्रालयको निर्देशनमा महानगरीय अपराध महाशाखाले नेत्री झाँक्रीलाई निगरानी गरिरहेको हो ।
‘भाषणहरूमा गालीगलौज गरेको आरोपमा पक्राउ गर्नेका लागि निर्देशन आएको छ, हामीले खोजिरहेका छौं,’ महाशाखाका एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘उहाँ अहिले उपत्यकाबाहिर हुनुहुन्छ । २८ गते आउने भन्ने खबर छ, आउनासाथ पक्राउ गर्ने योजनामा छौं ।’