११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

म्याग्दी । म्याग्दीको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–७ धारापानीमा स्वास्थ्यचौकी स्थापना भएपछि नागरिकलाई राहत मिलेको छ । साविक ताकम गाविसको १ र २ नं वडामा पर्ने धारापानीका बासिन्दालाई ताकममा रहेको वडास्तरीय स्वास्थ्यचौकीमा पुगेर सेवा लिन अपायक परेपछि नयाँ चौकी स्थापना भएको हो ।

गाउँपालिकाले स्वास्थ्यचौकी स्थापना गरेपछि स्थानीयवासीको स्वास्थ्य सेवामा सहज पहुँच पुगेको धारापानीका किरन थापाले बताए । “यसअघि सामान्य बिरामी हँुदा पनि करिब एक घण्टा हिँडेर ताकम अथवा दरवाङ पुग्नुपर्ने थियो”, उनले भने, “स्वास्थ्यचौकी स्थापनापछि आधारभूत स्वास्थ्य सेवामा पहुँच पुगेको छ ।”धारापानीमा गत साउनमा शुरु भएको सामुदायिक स्वास्थ्य एकाइलाई २०७७ पुस दोस्रो हप्ता भएको विशेष गाउँसभाको निर्णयानुसार स्वास्थ्यचौकीमा स्तरोन्नति गरिएको हो । सो गाउँसभाले ताकममा पाँच शय्या क्षमताको अस्पताल बनाउने र धारापानीमा स्वास्थ्यचौकी सञ्चालन गर्ने निर्णय भएको थियो ।किसानी माविमा एकीकरण भएको तत्कालीन धवलागिरि आधारभूत विद्यालयको भवनमा स्वास्थ्यचौकी स्थापना भएको हो । तीनमध्ये दुईवटा कोठा स्वास्थ्यचौकीका लागि प्रयोग गरिएको छ । पुरानो भवन मर्मत गरिएको छ । स्वास्थ्यचौकीबाट धारापानीका ३५० घरधुरी लाभान्वित भएका छन् । एक अहेव र एक अनमीको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । “सेवाग्राहीको चाप र सेवाको प्रभावकारिता हेरेर थप जनशक्ति र पूर्वाधारको व्यवस्थापन गर्छौँ”, उहाँले भन्नुभयो, “गाउँसभाले गरेको निर्णय एक महिनामै कार्यान्वयन गरेका छौँ ।”

स्वास्थ्यचौकीबाट स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणका साथै स्वास्थ्य शिक्षासम्बन्धी कार्यक्रम गरिने भएको छ । ताकममा अस्पताल भवन बनाउन यस वर्ष विनियोजन भएको रु ७० लाख बजेटको पनि ठेक्का प्रक्रिया शुरु गरेको छ । सात वडा रहेको धवलागिरिमा धारापानीसहित आठ स्वास्थ्यचौकी छन् । भौगोलिकरूपमा विकट क्षेत्रमा पर्ने बगर, खिवाङ र आरवाङमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरिएको छ । प्रदेश सरकारसँगको साझेदारीमा मुना स्वास्थ्यचौकीको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । लुलाङ, ताकम र मराङ स्वास्थ्यचौकीको भवन यसअघि नै निर्माण भएको थियो । मल्कवाङ स्वास्थ्यचौकी भवन निर्माणाधीन अवस्थामा छ । मुदी स्वास्थ्यचौकीको पनि आफ्नै भवन छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]