०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

बागलुङ-पहाडी भेगमा पनि पम्पिङ गरेर पानी निकाल्न सकिन्छ र ? यो त कि तराई कित उपत्यकामा मात्रै सम्भव होइन र ? शनिबार र आइतबार दिनभर यही प्रश्नमा रुमलिएका बागलुङ नगरपालिका–५ मालिकाका छवि सापकोटा सोमबार बिहान बागलुङ बजार झरे र सिधै लागे धौलागिरि अस्पताल बागलुङतर्फ । जहाँ ड्रिलिङ प्रविधिबाट जमिनमुनिको पानी निकालेर प्रयोग गर्न योजना सुरु गरिएको छ ।

सुरुमा पानी निस्किएला भन्ने पत्यार नमानेका सापकोटा सोमबार ४ बजे त्यहाँबाट पानी निस्किने विश्वास बटुल्दै बाहिरिए । निमयमित उपलब्ध पानीले दैनिक आवश्यकता पूरा गर्न नसकेपछि धौलागिर अस्ताल बागलुङले ड्रिलिङ प्रविधिबाट जमिनमुनिको पानी निकालेर प्रयोग गर्ने योजना सुरु गरेको हो । अस्पतालमा दैनिक उपभोगका लागि खानेपानीको समस्या भएपछि अस्पतालले जमिनमुनिको पानी पम्पिङ गरेर प्रयोग गर्ने रणनीतिका साथ योजना अगाडि बढाएको छ ।अस्पतालको यस योजनामा गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अस्पतालमा दैनिक आवश्यक पर्ने पानी जमिनमुनिबाटै निकालेर प्रयोग गर्ने योजनाअनुसार ड्रिलिङ गर्न सुरु गरिएको धौलागिरि अस्पताल विकास समितिका अध्यक्ष केवि रानामगरले बताए । “हामीले दैनिक ठूलो मात्रामा पानी किनेर प्रयोग गर्नुपर्छ यहाँ पानीको निकै समस्या छ,” उनले भने, “दैनिक रूपमा आवश्यक पर्ने पानी यही हाम्रै जमिनभित्रबाट निकालेर उपयोग गरौं भन्ने हिसाबले यो योजना अगाडी बढाएका हौं ।”
धौलागिरि अस्पतालमा अहिले दैनिक ४० हजार लिटर पानी प्रयोग हुने गरेको छ । अस्पतालले दैनिक रूपमा ६ ट्यांकरसम्म पानी किनेर प्रयोग गर्ने गरेको अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले बताए । अस्पतालमा पानीको समस्या समाधानका लागि रोटरी क्लबसँंग कुराकानी भए पनि कोभिडका कारण योजना अगाडि बढ्न नसकेपछि प्रदेश सरकारसँंग योजना माग गरिएको उनले बताए । अहिले गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत ४० लाख बजेटमा काम सुरु भएको छ ।धौलागिरि अस्पतालको आवास भवन अगाडिको प्रांगणमा ड्रिलिङ गरी करिब १५० मिटर तल जमिनबाट पानी तान्ने योजना रहेको बताइएको छ । जमिन मुनिबाट पानी निकाल्का लागि डीटीएच रक ड्रिलिङले जिम्मा लिएको छ । सोमबारसम्म करिब ६० मिटर तल ड्रिलिङ गरिएको र अझै एक साता पानी निकाल्न समय लाग्ने कम्पनीका सुपरभाइजर सूर्य चिमोरियाले बताए । “कति तल पुगेपछि पानी आउँछ भन्ने त थाहा छैन, करिब १५० मिटर तलसम्म पुगेपछि पानी प्राप्त गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ,” उनले भने, ‘एक साताभित्रमा पानी निकाल्न सकिन्छ भन्ने हाम्रो विश्वास छ ।” प्रतिसेकेन्ड २.७५ लिटर पानी निकाले उपयोग गर्ने योजना अस्पतालको छ । आठ इन्चको पाइप प्रयोग गरेर पानी तान्ने कम्पनीले जनाएको छ ।सामाजिक विकास मन्त्रालयले ४० लाख बजेट विनियोजन गरे पनि ड्रिलिङको काम १९ लाखमा पूरा हुने धौलागिरि अस्पतालका लेखा अधिकृत झलक आचार्यले बताए । १९ लाखमा पानीको ड्रिलिङ भए पनि अन्य संरचना तयार पार्न रकम अपुग हुने उनी बताउँछन् ।
पम्पिङ गरिएको पानीलाई एक लाख लिटरको ट्यांकी निर्माण गरेर संकलन गरिनेछ । त्यसका लागि खानेपानी डिभिजन कार्यालयमार्फत काम हुने गरी

मन्त्रालयले अर्को ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसअघि चिल्ड्रेन लाइफ अंग्रेजी बोर्डिङ स्कुलमा पनि यही कम्पनीले पानी निकालेकाले पानी भेटिने विश्वास छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]