
काठमाडौं । नेकपा विवाद र निर्वाचनको तयारीबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज विहान ११ बजे निर्वाचन आयोगको कार्यालय जाने भएका छन् ।
आयोगले यही १६ माघमा नेकपाका दुवै पक्षलाई बोलाएकोमा दाहाल-नेपाल पक्ष गएपनि ओली गएका थिएनन् । सो पक्षले त्यस दिन आयोग कार्यालय पुगेर आधिकारिकताको दाबी गरेको थियो ।नेकपाका दुवै पक्षका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएकोमा आयोगले भने दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ ।आजो छलफलमा प्रधानमन्त्री ओलीले आयोग कार्यालयमा पुगेर आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गर्ने र उनले आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिने भएका छन् ।
बताइएको छ ।
आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा भइसकेको छ ।