१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

सप्तरी – बाजुरा जिल्ला र अछामको साँफे–मार्तडी सडक खण्डअन्तर्गत पर्ने बाजुराको बडीमालिका नगरपालिकाको जडांग नदीमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

सडक डिभिजन कार्यालय साँफेबगरले बेलिब्रिज ढुवानीदेखि निर्माणका लागि एक करोड ८८ लाखको ठेक्का लगाएकोमा एमएसएमके बिल्डर्स एन्ड कन्स्ट्रक्सन कम्पनीले पाएको ठेक्काको काम करिब सकिएको निर्माण कम्पनीका ठेकेदार चक्र शाहले बताए ।

बेलिब्रिज निर्माण सम्झौता माघ महिनाको मसान्तसम्ममा सकिने सडक डिभिजन प्रमुख ललित खनालले बताए । सम्झौताअनुसार समयसीमाभित्रै काम सम्पन्न हुने चरणमा पुुगेको सडक डिभिजन कार्यालय प्रमुख खनालले जानकारी दिए ।

गत २५ साउनको राति आएको अविरल वर्षासँगै आएको बाढीले बेलिब्रिज र झोलुंगेपुल बगाएको थियो । बाढीले बुढीगंगा नदीमा रहेको बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडीसम्मको सडक सम्पर्कविहीन भएको थियो । पुरानै बगाएको ठाउँमा बेलिब्रिज निर्माण सुरु गरेको सडक डिभिजन कार्यालय प्रमुख खनालले बताए ।

बेलिब्रिज बगाएपछि सोही स्थानमा नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा काठेपुल हालेर खच्चर र मानिस आवत–जावत गर्ने बनाइएको थियो । बाढीले पुल बगाएपछि जिल्ला सदरमुकाम मार्तडीलगायतका पूर्वी उत्तरी भेगका मानिसहरूलाई आवागमन गर्न निकै समस्या भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]