१२ चैत्र २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

बेनिघाटरोराङ गाउँपालिका–३ खानीगाउँमा रहेको तिनकन्या वागेश्वरी आधारभूत विद्यालयका बिचल्लीमा परेका ८ जना बालबालिकालाई सहयोग उपलब्ध गराइएको छ ।प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष गोपाल बुढाथोकीले अभिभावक नभएर बिचल्लीमा परेका बालबालिकालाई विद्यालय पोसाक, जुत्ता, ट्राउजर, ब्लाङ्केट उपलब्ध गराउनुभएको छ । गजुरी गाउँपलिका निवासी रीता अधिकारीले ट्र्याक सुट, विद्यालय झोला, टोपी उपलब्ध गराउनुभएको छ ।

आफूले सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको र आगामी दिनमा आफूले कमाएको रकम असहायहरुलाई खर्च गर्ने सहयोगीहरुले बताएका छन् ।प्रेस काउन्सिल नेपालका अध्यक्ष गोपाल बुढाथोकीले आफूले पाएको पारिश्रमिकबाट १० प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्ने प्रतिबद्धताअनुसार विचल्लीमा परेका बालबालिकाहरुलाई सहयोग गर्नुभएको हो ।सामाग्री हस्तान्तरण कार्यक्रममा प्रेस काउन्सिल नेपालका निर्देशक झबिन्द्र भुसाल, बेनिघाटरोराङ गाउँपालिका–३ का वडाध्यक्ष भुवन त्रिपाठीलगायतले समाचारको माध्यमबाट उनीहरुको अवस्थाबाहिर आएकोले सहयोग जुटेको बताउनुभएको छ ।

बाबुको मृत्यु भएको र आमाले घर छाडेर हिँडेपछि बिचल्लीमा परेका तीनजना बालबालिकाहरुलाई प्रेस काउन्सिलका अध्यक्ष गोपाल बुढाथोकीले पढाइमा लाग्ने सबै खर्च प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ८ बालबालिकाले समस्या भोगिरहेको समाचार माघ १४ गते ‘चरम गरिबीले आत्महत्या गरेपछि बालबालिकाको बिचल्ली’ शीर्षकमा नेपाल समाचारपत्रको न्यूज अफ नेपालमा समाचार प्रकाशन भएको थियो । यसअघि हिमालयन चिल्ड्रेन अर्गनाइजेसनले कपडा, विद्यालय स्टेसनरी र खाद्यान्न सहयोग उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]