१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

सप्तरी – एथ्लेटिको म्याड्रिडमा लुइस सुवारेजको उत्कृष्ट प्रदर्शन जारी रहेको छ । सोमबार उनले सेल्टाभिगोविरुद्ध गोल गर्दै क्रिस्टियानो रोनाल्डोले बनाएको कीर्तिमानसमेत तोडेका छन् ।

वान्डा मेट्रोपोलिटानो स्टेडियममा खेलिएको खेलमा उरुग्वेका स्ट्राइकरले पहिलो हाफको अन्त्यतिर गोल गर्दै एथ्लेटिकोलाई बराबरी गर्न मद्दत गरेका थिए । सान्टी मिनाको गोलले पाहुना टोलीले खेलको १३ औँ मिनेटमा नै अग्रता लिएको थियो ।

३४ वर्षीय खेलाडीले दोस्रो हाफमा पुनः गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाएका थिए । बार्सिलोनाबाट आएयता लुइस सुवारेजले डिएगो सिमिओनीको टोलीका लागि मात्र १७ खेलमा १६ गोल गरेका छन् । योसँगै २१ औँ शताब्दीमा स्पेनको शीर्ष लिगमा कुनै क्लबका लागि शुरुवाती १७ खेलमा १६ गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् । यसअघि सन् २००९ मा म्यान्चेस्टर युनाइटेडबाट रियल आएपछि क्रिस्टियानो रोनाल्डोले १७ खेलमा १५ गोल गरेका थिए ।

सोमबारको जीतपछि एथ्लेटिकोले बार्सिलोना र रियल म्याड्रिडसँग शीर्ष स्थानमा १० अंकको दुरी बनाउन सफल भएको छ । सिमिओनीको टोलीले अझै एक खेल कम खेलेको छ ।

एथ्लेटिकोको उत्कृष्ट प्रदर्शनमा सुवारेजको भूमिका महत्त्पूर्ण रहेको छ । उनले लियोनेल मेस्सीभन्दा पनि ३ गोल बढी गरेका छन् ।

बार्सिलोनाले लुइस सुवारेजलाई टोलीबाट जान दिनु ठूलो गल्ती भएको समीक्षकहरुले बताइरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]