२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २६, २०७७

बिराटनगर – समाजसेवी तथा समाजवादी पार्टीकि युवा संघका केन्द्रिय सचिवालय सदस्य निशा श्रेष्ठले आफ्ना छोरी को जन्म दिनमा बृद्ध आश्रममा सहयोग गरेका छन ।

छोरी एन्जल श्रेष्ठ को १३औं जन्म दिन को उपलक्ष्यमा आश्रममा कपडा र खान खुवाएर सहयोग गरेका छन ।बिराटनगर बस्दै आइरहेकी समाजसेवी /नेत्री आफ्नो छोरीको १३ औ जन्मदिन मनाउदै बिराटनगर पुष्पलाल चौक स्थित रहेको महिला जागृति तथा वृद्धा आश्रमलाई खाद्यान्न सामाग्री समेत वितरण गरेकी हुन । कोरोना महामारीको कारण धेरैलाई समस्या परिरहेको सन्दर्भमा बृद्धाश्रममा समेत खाद्यान्न सामाग्रीहरुको अभाव नहोस भनी श्रेष्ठले आफ्नो छोरीको जन्मदिनमा हुने फजुल खर्चलाई जोगाएर बृद्धाश्रममा खाद्यान्न सामाग्री प्रदान गरेकी हुन ।

बिराटनगरमा रहेको बृद्धाश्रम मध्ये सवैभन्दा वढी बृद्ध आमाहरु आश्रित रहेको महिला जागृति तथा बृद्धाश्रममा आफ्नो छोरीको जन्मदिनको अवसर पारी खाद्यान्न सामाग्रीहरु प्रदान गरी सामाजिक काम गर्न पाएकोमा श्रेष्ठ खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने वताइन । सो अवसरमा वोल्दै निशा श्रेष्ठले पछिल्लो समय युवा पुस्ताहरुले जन्मदिनको अवसरमा साथीभाइ जम्मा गरी विभिन्न रेष्टुरेण्ट तथा पार्टी प्यालेसमा रमाइलो गरी फजुल खर्च गर्ने प्रचलन रहेको र त्यसो गर्नुभन्दा आश्रममा रहेको वेसहारा आमाहरुलाई सानै भएपनि सहयोग गर्न सकेको खण्डमा पुण्य प्राप्त हुने वताए । आफुले पनी आफ्नो छोरीलाई सानै उमेरदेखी सामाजिक सेवामा अगाडि वढाउने प्रयत्न सहित पहिलो पटक बृद्धाश्रममा छोरीको जन्मदिन मनाउन आएको र सानो सहयोग गर्न पाउदा निकै खुसी लागेको वताउदै आगामी दिनमा पनी यस्तो पुण्य कामलाई निरन्तरता दिने वताए ।

जन्मदिनको अवसर पारि आफुहरु आश्रित रहेको महिला जागृति तथा बृद्धाश्रममा आएर सहयोग गरेकोमा बृद्धाश्रमका जेष्ठ नागरिकले श्रेष्ठ परिवारलाई धन्यवाद ब्यक्त गर्दै यसरी बृद्धाश्रममा आएर जन्मदिन मनाउदा आफुहरु निकै खुसी हुने गरेको वताए । यसरी नै विभिन्न ब्याक्तिहरुको सहयोगमा बृद्धाश्रममा आफुहरुले दैनिकी चलाउदै आएको उनको भनाइ रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]