नवलपरासी। नारायणी नदीमा नुहाएर फर्किने क्रममा गैंडाको आक्रमणबाट एक वृद्धा घाइते भएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका-३ ब्रह्मस्थानकी ७५ वर्षीया रुक्मीणि रेग्मी गैंडाको आक्रमणबाट घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विशाल तामाङका अनुसार आज विहान करीब १०:३० बजे गैंडाले आक्रमण गर्दा रेग्मी घाइते भएका हुन्।