१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २६, २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको नयाँनयाँ अवतार देखिए मुलुक सिद्धिने बताएका छन् । आफूनिकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेपालले अहिलेको लडाइँ नै ओली प्रवृत्तिविरुद्ध भएको बताए ।

‘यो लडाइँ केपी ओलीसँग होइन, ओली प्रवृत्तिविरुद्ध हो । तर, हामीसँग पनि केपी प्रवृत्ति नै रह्यो भने हामी र केपी ओलीबीच कुनै फरक हुनेछैन । त्यही तौरतरिका अपनाऔं भने हामी पनि केपी ओलीको अर्को अवतार हुन पुग्नेछौं’, नेपालले भने ।कसैलाई पनि कित्ताकाट गर्ने र जबर्जस्त अर्को समूहतिर धकेल्ने काम गर्नुलाई अध्यक्ष नेपालले ओली प्रवृत्ति भनेका थिए । ‘केपी ओलीको नयाँनयाँ अवतार चाहिएको छैन । एउटै केपी ओलीबाट आजित भइसक्यौं केपी ओलीको नयानयाँ अवतार आयो भने यो देश थिलथिलो भएर सिद्धिन्छ’, उनले भने ।

ओली प्रवृत्तिको पुनरावृत्ति गर्न नभएर देश र लोकतन्त्रले जित्नुपर्ने अध्यक्ष नेपालले बताए । ओलीमा पञ्च रवैया कायमै रहेको पनि उनले बताए । नेपालले ओलीलाई ‘नेकपा ओली बा’ पार्टी खोल्न पनि सुझाव दिए । ‘ओली बा समूह खोले हुन्छ । बा मन पराउनेहरु त्यही जान्छन्’, अध्यक्ष नेपालले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]