पाल्पा – पाल्पामा रातको समयमा टिपर चलाउन नपाइने भएको छ । टिपर राति ९ बजेदेखि बिहान ४ बजेसम्म रोक लगाउँदै राजमार्गमा टिपर चलाउन टाइमकार्ड लागू गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
टिप्परको आवाजले घरमा समस्या भएको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले टिपर सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो ।
रातिमा टिपर चल्दा सुत्न नपाइने गुनासो आएपछि बैठकलेले सो निर्णय गरेको हो । अब रातिमा सात घण्टासम्म तानसेन बजार हुँदै टिप्पर चलाउन नपाइने भएको छ ।