०८ कार्तिक २०७७, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन २८, २०७७

सप्तरी,२८असोज: सर्लाहीमा एक दलित व्यक्तिकाे हत्याको विषयलाई लिएर प्रहरी कार्यालय घेराउ गर्न गएको समूहसँगको झडपमा परी सर्लाहीमा दुई प्रहरी नायब उपरीक्षक (डिएसपी)सहित २२ प्रहरी घाइते भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी मदन कुँवर, इलाका प्रहरी कार्यालय बरहठवाका डिएसपी उद्धवसिंह भाट, सशस्त्र प्रहरीका इन्सपेक्टर राजकुमार झासहित २२ प्रहरी घाइते भएका छन ।

रामनगर ७ सिसौटका महेन्द्र रामको हत्याको विषयमा बुधबार प्रहरी कार्यालय घेराउ गर्न सांसद अमरेशकुमार सिंहसहितको समूह पुगेका थिए। त्यसक्रममा प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुंगा हानेपछि झडप भएको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए।

कुँवरको छातीमा चोट लागेको छ भने भाटको हातका औंलाहरू भाँचिएका छन्। उनीहरूसहित अन्य प्रहरीको जिल्ला अस्पताल सर्लाहीमा उपचार भइरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय घेराउका क्रममा ढुंगा प्रहार हुँदा प्रहरी कार्यालयका सिसाहरू फुटेका छन्। सशस्त्र प्रहरीका १८ वटा ट्रान्सपारेन्ट सिल र नेपाल प्रहरीका १३ ट्रान्सपारेन्ट सिल भाँचिएका छन्। सयौं मानिसले घेराउ थालेपछि सशस्त्र प्रहरी बलबाट डिएसपी सरोज खड्काको नेतृत्वमा एक सय प्रहरी मद्दतका लागि बोलाइएका थिए ।

सिसौटमा गत असोज २१ गते बारीमा घिरौंला टिपेको विषयमा दुई पक्षबीच ढुंगा हानाहान भएको थियो। स्थानीय चन्दुनन्न महरा र विनोद महरा पक्षबीच ढुंगा हानाहान हुँदा ६५ वर्षीय महेन्द्र घाइते भएको थियो ।

उनको उपचारको क्रममा वीरगन्जस्थित नेपाल इन्डो अस्पतालमा भोलिपल्ट २२ गते मृत्यु भएको थियो। मृत्युपछि आफन्तले १० लाख रुपैयाँ क्षतिपूर्ति, सहिद घोषणालगायत माग गरेका छन्।

उक्त घटनामा एक महिला र दुई पुरुष पक्राउ परेका छन्। तर, आन्दोलनकारीले भने अन्य ९ जनाको नाम पनि समावेश गरेर जाहेरी दरखास्त दर्ता गर्नुपर्ने दबाब दिएका छन्। ती अन्य नाम भने घटनामा संलग्न नभएकाहरूको रहेकाले जाहेरी दर्ता गर्न नसकिने प्रहरीले बताउँदै आएको छ।

‘घटनामा संलग्न नभएका व्यक्तिहरूको नाम आएपछि जाहेरी दरखास्तमा समावेश गर्न सकिएन, उहाँहरूले नभएका व्यक्तिहरूको नाम दिनुभएको छ,’ राठौर भन्छन्, ‘संलग्न तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ। यसमा उहाँहरूलाई चित्त नबुझेको हो।’

सांसद सिंहले भने प्रहरीले जाहेरी दरखास्त लिन नमानेकाले दबाबमूलक कार्यक्रम गर्न प्रहरी कार्यालय पुगेको बताए। ‘आजसम्म शव उठेको छैन, प्रहरीले जाहेरी दरखास्त लिएर संलग्न सबैलाई कारबाही गरोस् भनेर गएका हौं,’ सांसद सिंहले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Love
Haha
Wow
Sad
Angry

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहाकार    : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]