१२ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन २८, २०७७

अफगानिस्तानको हेलमन्द प्रान्तमा सरकारी फौज र तालिबान लडाकूहरूबीच भयंकर लडाइँ चलिरहेको छ ।

लडाइँका कारण हजारौं परिवारहरू विस्थापित भएका छन् । सोमवारबाट लडाइँ शुरू भएको हो । सरकारी सैनिकहरू रणनीतिक रूपमा महत्त्वपूर्ण प्रान्तको राजधानी लश्कर गाहलाई तालिबानबाट छुटाउन कोशिश गरिरहेका छन् ।

अघिल्लो महिना मात्र सरकार र तालिबान विद्रोहीबीच शान्तिवार्ता शुरू भएको थियो ।
तालिबानको हिंसाको जवाफ अफगान सैन्यबलले दिइरहेका छन् । अमेरिकी वायुसेनाले तालिबानविरुद्धको जवाफी कारवाहीमा सहयोग गरिरहेका छन् ।

यसअघि अफगानिस्तानमा नेटोका प्रमुख अमेरिकी जनरल स्कट मिलरले शान्ति वार्तालाई बेवास्ता गरेको र फेब्रुअरी महिनामा भएको सम्झौतालाई उल्लंघन गरेको भन्दै तालिबानको निन्दा गरेका थिए ।
भारी हिंसाका कारण हेलमन्द र कान्दहार प्रान्तमा विद्युत् आपूर्ति ठप्प भएको छ । तालिबानले सोमवार एक पावर सबस्टेसनमा आक्रमण गरेपछि बिजुली गएको हो । टेलिकम्युनिकेसन नेटवर्क पनि रोकिएका छन् ।

लगभग ५ हजार परिवार वा ३५ हजार परिवार घर छोडेर भाग्नुपरेको छ । लगाइरहेकै लुगा लगाएर भाग्नुपरेको एक परिवारले बीबीसीलाई बतायो । सुत्नका लागि सुरक्षित ठाउँ नपाइने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताएको थियो । अन्यले चाहिँ भोकले मरिने हो कि भनी चिन्ता व्यक्त गरेका थिए । दर्जनौं घाइतेहरूलाई भर्ना गरिएको स्थानीय अस्पतालले बतायो ।

अफगानीहरूलाई ऐतिहासिक शान्तिवार्तापछि यस्तो स्तिि आउला भन्ने अनुमानै थिएन । तालिबानले हेलमन्द प्रान्तमा आक्रमण गरेर अफगानी सैनिकहरू र अमेरिकी प्रतिबद्धताको परीक्षा लिने कोशिश गरेको छ । अमेरिकासँग केही महिनाअघि सम्झौता गरेको तालिबानले आक्रमण जारी राखेको छ भने अमेरिकी युद्धविमानहरूको आक्रमण पनि जारी छ ।

यो वर्ष आक्रमण गरेर अनि आफ्ना लडाकूहरूको हौसला बढाएर तालिबानले शान्तिवार्तामा आफ्नो दबदबा बढाउन खोजेको छ । आफ्नो कब्जामा रहेका इलाकालाई फिर्ता लिइरहेको तालिबानले बताएको छ । शान्तिप्रतिको प्रतिबद्धतालाई तालिबानले यस आक्रमणमार्फत प्रश्नको घेरामा पारेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]