
काठमाडौं। लिभरपुलले च्याम्पियन्स लिगमा आरबी लाइपजिगविरुद्ध अन्तिम १६ को पहिलो लेग हंगेरीको बुढापेस्टमा खेल्ने भएको छ।
जर्मनीले बेलायतीलाई आफ्नो देशमा भ्रमण निषेध गरेका कारण लिभरपुलले हंगेरीमा खेल्न लागेको हो। कोभिड-१९ को दोस्रो लहर सुरू भएका कारण जर्मनीले बेलायतसँग थुप्रै देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ। लिभरपुल र लाइपजिगबीचको खेल बुढापेस्टको पुस्कास एरिनामा १६ फेब्रुअरीमा हुनेछ। दोस्रो लेग भने एनफिल्डमै १० मार्चमा हुनेछ।
युरोपियन फुटबल महासंघले लिभरपुल र लाइपजिगले मिलेर समस्या समाधान गरेको भन्दै दुवै क्लबलाई धन्यवाद दिएको छ।