
काठमाडौं । बारा महागढीमाई नगरपालिका–१ मा एक महिलाको हत्या भएको छ । ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति घरभित्रै हत्या भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।
कान्तिदेवीको गालामा धारिलो हतियार प्रहार भएको जानकारी आएको र प्रहरीले अनुसन्धान सुरु गरेको नेपालले बाह्रखरीसँग बताए । श्रीमान खाना खाएर घर बाहिर निस्किएका बेला उक्त घटना भएको बताइएको छ ।