१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २५, २०७७

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा शंकरप्रसाद नामको ४५ बर्षको हात्तीको मृत्यु भएको छ ।

निकुञ्ज कार्यालयले दिएको जानकारीअनुसार माघ २१ गते बिरामी परेर उपचार थालिएको सो हात्तीको माघ २२ गते मृत्यु भएको हो । शंकरप्रसाद निकुञ्जको लामिचौर पोष्टमा रहेर निकुञ्जको सुरक्षामा खटिएको थियो ।हिन्दु धर्म अनुसार हात्तीलाई भगवान गणेशको प्रतीक मानिने भएकोले धार्मिक परम्परा अनुसार मृत हात्तीको पूजापाठ गरेर अन्त्येष्टि गरिएको छ । चालु आर्थिक बर्षमा चितवन राष्ट्रिय निकुञ्जको ५ वटा घरपालुवा हात्तीको मृत्यु भएको छ ।निकुञ्जका चिकित्सक डा. विजय श्रेष्ठका अनुसार हात्तीको मृत्यु सानो आन्द्रा गाँठो परेर भएको हो । उनले भने, ‘हामीले पोष्टमार्टम गरेर हेर्दा सानो आन्द्रो हावा पनि पास नहुने गरी गाँठो परेको रहेछ, रगत सप्लाई पनि थिएन, बचाउन प्रयास गरे पनि सकिएन ।’

उनले मान्छेमा पनि कहिलेकाँही यस्तो समस्या आउने बताए । ‘मान्छेलाई भए तत्कालै अप्रेसन गरेर बनाउन सकिन्छ तर हात्तीमा त्यो सम्भावना भएन, भिडियो एक्सरे मेसिनले पनि भेट्दैन, डा. श्रेष्ठले भने, ‘पोष्ट पनि टाढा थियो, अझै १५ बर्ष बाँच्ने हात्ती हो, दुःख लागेको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]