०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २५, २०७७

डडेल्धुरा : प्रहरीले डडेल्धुरामा भरुवा बन्दुकसहित दुईजनालाई नियन्त्रणमा लिएको छ। आलिताल गाउँपालिका–८ स्थित जंगामाला सामुदायिक वनबाट सोही वडाका २६ वर्षीय भीमबहादुर बोहरा र २८ वर्षीय विनोद मास्के रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

आइतबार बिहान साढे १० बजेतिर भरुवा बन्दुक भिरेर जंगलमा घुमिरहेको अवस्थामा दुवैलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका दुवैको साथबाट एक थान एकनाले भरुवा बन्दुक र फलामका छर्रा २६ थान बरामद गरिएको छ। पक्राउ परेका उनीलाई थप अनुसन्धान र मुद्दा चलाउन दुवैलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा ल्याइँदैछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]