२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २५, २०७७

काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले आफ्नो उडान गन्तव्य विस्तार गर्ने भएको छ। उडान विस्तारका लागि श्री एयरलाइन्सले माघ २६ गते सोमबार (भोलि) सुर्खेतमा परीक्षण उडान गर्ने भएको छ।

८० सिट क्षमताको बम्बार्डियरको क्यु–४०० जहाजमार्फत् परीक्षण उडान गर्न लागेको एयरलाइन्सका बजार व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए।‘सोमबारको परीक्षण उडानमा एयरलाइन्सका प्राविधक टोली र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक टोली हुने छ,’ उनले भने, ‘परीक्षण उडानको केही समय पछि नियमित उडान तालिका तय हुन्छ। नियमित उडानका लागि भने केही समय लाग्छ।’सुर्खेतमा अहिले निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले मात्रै उडान गर्दै आएको छ। श्रीले उडान गरेसँगै सुर्खेतमा पनि दुई एयरलाइन्स बीच प्रतिस्पर्धा हुने भएको छ।श्री एयरलाइन्ससँग अहिले ६ वटा जहाज रहेका छन। एयरलाइन्ससँग २ वटा ८० सिट क्षमताको बम्बार्डियर क्यु–४०० जहाज र ४ वटा सिआरजे जहाज रहेका छन।

श्रीले अहिले धनगढी, नेपालगञ्ज, भैरहवा, पोखरा, जनकपुर, सिमरा, विराटनगर र भद्रपुरमा उडान गर्दै आएको छ। राजविराजमा भने श्रीले अहिले उडान बन्द गरेको छ। आन्तरिक उडानमा यात्रु संख्याको हिसाबले तेस्रो बजार हिसा ओगट्न सफल भएको कम्पनीले दाबी गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]