१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २५, २०७७

रामेछाप – रामेछापको उच्च लेकाली भूभागमा हिमपात परेसँगै त्यस क्षेत्रमा बसोबास गर्दै आएका नागरिकको जनजीवन प्रभावित भएको छ ।

जिल्लाको उच्च लेकाली भूभागमा शनिवारबाट हिमपात सुरु भएको हो । विगत वर्षहरुमा हिउँदमा समयमा नै वर्षात हुने र हिमपात पनि हुने गर्थ्याे । यसवर्ष भने ढिलो गरेर वर्षात र हिमपात भएको छ । रामेछापको उच्च लेकाली भूभाग उमाकुण्ड गाउँपालिकाको गुम्देल, वाम्ती, देउराली, चुचुरेलगायतको क्षेत्रमा हिमपात भएको छ ।त्यसैगरी दोरम्बा गाउँपालिकाको गौश्वारा, डडुवाको शैलुङ र खोलाखर्क क्षेत्रमा भीषण मात्रामा हिमपात भएको हो । हिमपात भएसँगै त्यस क्षेत्रको जनजीवन प्रभावित भएको दोरम्बा गाउँपालिका वडा नं-१ डडुवाका दावा शेर्पाले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे- ‘गएको वर्षभन्दा यस वर्ष धेरै ढिलो गरी हिउँ पर्याे । अहिले शैलुङ क्षेत्रमा हिमपात भएसँगै हिउँमा खेल्न आउने आन्तरिक पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।’उच्च लेकाली भूभागमा वर्षातसँगै हिमपात भएपछि त्यस क्षेत्रमा रहेका चौरीगाईहरु अहिले बेँसी भूभागमा सारिएको छ । हिमपातका कारण चरन क्षेत्रसमेत प्रभावित भएको र अत्याधिक मात्रामा चिसो बढेकाले चौरीहरु बेँसीमा सारिएको त्यस क्षेत्रका चौँरीपालक किसानहरुले बताएका छन् । लेकाली भूभागमा वर्षात र हिमपातसँगै अत्याधिक मात्रामा चिसो बढेपछि त्यस क्षेत्रका सामुदायिक विद्यालयहरु समेत प्रभावित भएका छन् । अत्याधिक चिसोका कारण विद्यालयमा अध्ययनरत साना बालबालिकाहरु विद्यालयमा आउन छाडेका हुन् । चिसो बढी भएकाले जेष्ठ नागरिक, साना बालबालिका, सुत्केरी महिला र दीर्घरोगीहरु बढी मात्रामा प्रभावित भएको उमाकुण्ड गाउँपालिका वडा नं-१ गुम्देलका नोर्बु शेर्पाले जानकारी दिनुभयाे ।

चिसोबाट बच्न न्यानो कपडा लगाउने, घरबाट बाहिर ननिस्कने र झोलिलो तातो खानेकुरा खादा जेष्ठ नागरिक, सुत्केरी महिला र साना बालबालिकाहरुलाई चिसोबाट जोगाउन सकिने तामाकोशी अस्पतालका डा.केशव धामीले जानकारी दिनुभयाे । उहाँले भन्नुभयो- ‘साना बालबालिका, जेष्ठ नागरिकहरु र दमका बिरामीहरुलाई बढी मात्रामा चिसोले असर पुर्याउने भएकाले चिसोबाट जोगिने उपायहरु अपनाउनु पर्छ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]