२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २५, २०७७

भारतीय कमेडियन मुनब्बर फारुकी शनिबार अबेर राति इन्दौरको जेलबाट रिहा भएका छन्। मुनब्बर फारुकीको कानूनी टिमसँग जोडिएका अधिवक्ता केशवम चौधरीले फारुकीको रिहाईको पुष्टि गरेको बिबिसी हिन्दीले जनाएको छ।

फारुकीलाई राति १२ बजे रिहा गरिएको हो। फारुकीको परिवारका सदस्य तथा अधिवक्ता इन्दौर जेल बाहिर लामो समयदेखि पर्खिएका थिए। राति साढे ८ बजे उनको रिहाई हुने तयारी थियो। तर आधिकारिक आदेश नआएको भन्दै रिहाइ पछि धकेलियो। तर सर्वोच्च अदालतका एक न्यायाधीशले इन्दौरका न्यायीक अधिकारीलाई राति टेलिफोन गरेपछि रिहाई सम्भव भएको हो।फारुकी रिहाई भएपछि केशवम चौधरीले भने, ‘मुनब्बर फारुकीलाई जनमान दिन र प्रोडक्शन वारेन्टमा स्टे लगाउने माननीय सर्वोच्च न्यायालयको स्पष्ट आदेशका बाबजुद जेल प्रशासन इलाहाबाद कोर्टको आदेश मागिरहेको थियो । आखिरमा उनीहरुले बुझेकी मानीय सर्वोच्च न्यायालयको आदेश स्पष्ट छ र यसको कुनै किसिमको उल्लंघन अपमान समान हुनेछ । अन्ततः जेल प्रशासनले मुनब्बरलाई रिहा गर्‍यो ।’कमेडियन मुनब्बर फारुकीलाई गएको जनवरी १ मा इन्दौर प्रहरीले पक्राउ गरेको थियो । उनीबाहेक अरु चारजना पनि पक्राउ परेका थिए । सबैमाथि हिन्दू–देवीदेवता र केन्द्रीय गृहमन्त्री अमित शाहमाथि अभद्र टिप्पणीको आरोप लगाइएको थियो।मुनब्बर फारुकी इन्दौरको मुनरो क्याफेमा कार्यक्रम गर्न पुगेका बेला हिन्दू रक्षक संगठनका नेता त्यहाँ गएर तनावको अवस्था सिर्जना गरे । आयोजक र कमेडियनलाई त्यसपछि चौकी लगिएको थियो । त्यसबेलादेखि मुनब्बर जेलमा थिए।

उनले धेरैपटक जमानतका लागि आवेदन दिएका थिए। तर मध्य प्रदेश हाइकोर्टको इन्दौर बेन्चले उनको जमान अपिल खारेज गर्दै भनेको थियो, ‘यस्ता व्यक्तिलाई झुट दिनु हुँदैन।’ तर शुक्रबार उनलाई सर्वोच्च अदालतबाट अन्तरिम जमानत मिलेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]