०३ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २५, २०७७

काठमाडौँ — १३ औं सागका स्वर्णधारी तेक्वान्दोका आयशा शाक्य, भूपेन श्रेष्ठ, काजल श्रेष्ठ, सञ्जीवकुमार ओझा र पौडीकी गौरिका सिंह शनिबार नुवाकोटमा दोस्रो युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (यूयूएनटीएफ) अवार्डबाट सम्मानित भएका छन् ।

प्रशिक्षकमा तेक्वान्दोका नोर्बु लामा सम्मानित भए । नुवाकोटको बट्टारमा सम्मानित पाँचै खेलाडीले जनही ३० हजार र प्रशिक्षकले २० हजार रुपैयाँ पाएका थिए । विश्वभर छरिएका तेक्वान्दो खेलाडीको संगठन यूयूएनटीएफले गत वर्षदेखि अवार्ड प्रदान गर्न सुरु गरेको हो । पहिलो संस्करण दुई वर्षअघि बुटवलमा भएको थियो ।

कार्यक्रममा १३ औं सागमा पदक जित्ने तेक्वान्दो खेलाडी र प्रशिक्षकलाई पनि सम्मान गरियो । त्यसमा १२ स्वर्ण जित्ने १८ खेलाडीलाई २५ हजार, रजत जित्ने ६ जनालाई १५ हजार र ११ कांस्य पदक जित्ने १७ खेलाडीलाई १० हजार प्रदान गरिएको थियो । ७ प्रशिक्षक र २ व्यवस्थापकलाई ५–५ हजार रुपैयाँ प्रदान गरियो । नुवाकोटबाट १३ औं सागमा पदक जित्ने १० खेलाडीलाई पनि नगदसहित सम्मान गरियो । सोही अवसरमा नेपाली खेलकुदको विकासमा टेवा पुर्‍याउने १० व्यक्तित्वलाई ‘नुवाकोट सम्मान’ बाट सम्मानित गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]