एजेन्सी – इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको होडमा रहेको म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । अघिल्लो खेलमा साउथह्याम्पटनमाथि ९–० जित निकालेको म्यानचेस्टर युनाइटेडले एभर्टनसँग ३–३ को बराबरी खेलेको हो।
घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड पहिलो हाफमा नै २–० अघि बढिसकेको थियो । एडिन्सन काभानीले २४औं मिनेटमा र ब्रुनो फर्नान्डेजले ४५औँ मिनेटमा गोल गरी म्यानचेस्टर युनाइटेडलाई बलियो अवस्थामा पुर्याएका थिए ।
एभर्टनका लागि ४९औँ मिनेटमा डुकोरी, ५२औँ मिनेटमा रोड्रिग्वेज गोल गर्दा खेल बराबरी भयो । ७० औँ मिनेटमा स्कट म्याकटोमिनीले गोल गरी म्यानचेस्टर युनाइटेडलाई पुनः अग्रता दिलाएका थिए । जितको नजिक पुगेको म्यानचेस्टर युनाइटेडले खेलको सकिनै लाग्दा गोल खायो ।
एभर्टनका लागि डोमिनिक ककल्भर्ट लेविचले इन्जुरी समयको पाँचौँ अर्थात ९५औँ मिनेटमा गोल गरी म्यानचेस्टर युनाइटेडबाट २ अंक खोस्न सफल भए ।
बराबरी खेलेको म्यानचेस्टर युनाइटेड २३ खेलबाट ४५ अंक बनाएर दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको २ अंक मात्रै बढी अर्थात ४७ अंक रहेपनि उसले २१ खेल मात्रै खेलेको छ ।
प्रिमियर लिगका गएरातिका अन्य खेलमा एस्टन भिल्लासँग आर्सलन १–० ले पराजित भएको छ । क्यासलले साउथह्याम्पटनलाई ३–२ ले हराएको छ । फुलह्याम र वेष्ट ह्यामले गोलरहित बराबरी खेल्दा बर्नली र ब्राइटनले १–१ को बराबरी खेले ।