२६ कार्तिक २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, माघ २४, २०७७

डडेल्धुरा: डडेल्धुरामा यस वर्ष पहिलोपटक शनिबार हिमपात भएको छ । दुई दिनदेखिको मौसम बदलीसँगै भएको वर्षाका कारण डडेल्धुराका उच्च भेगमा हिमपात भएको हो ।

जिल्लाको साहुखर्क, हगुल्टे, भालुमारे, आनारखोली, सुइडोव लेक सहित विभिन्न स्थानमा हल्का हिमपात भएको छ । वर्षा सँगै भएको हिमपातका कारण डडेल्धुरामा अत्याधिक चिसो बढेको छ ।डडेल्धुरा लगायत सुदूरपश्चिमका अन्य पाहाडी जिल्लाका उच्च भागमा पनि हिमपात भएको छ । जिल्लाको सदरमुकाम सहित उच्च भागमा बढेको चिसोका कारण यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

स्थानीयहरु आगो तापेर बसेका छन् । चिसोका कारण विशेष गरी वृद्ध, वृद्धा र बालबालिका बढी प्रभावित भएका छन् । यद्यपि हिमपातले गर्दा कृषि तथा अन्न बालीलाई फस्टाउन सजिलो हुने बताइन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]