०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, माघ २४, २०७७

पोखरा । पोखरामा ग्यास सिलिण्डर पड्किँदा एक महिला घाइते भएकी छन् । पोखरा महानगरपालिका ३३, बहुमारा गण्डकीवेशीका धनबहादुर थापाको घरमा ग्यास सिलिण्डर पड्किँदा थापाकी श्रीमती पद्मा कुमारी थापा घाइते भएकी हुन् ।

सिलिण्डर पड्किएर उछुट्टिएको आगो शरीरमा सल्किँदा उनी घाइते भएकी हुन् । घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । सिलिण्डर पड्किँदा थापाको पक्की घरको गाह्रो चर्किनुका साथै झ्याल र ढोका पूर्णरुपमा क्षति भएको गण्डकी प्रदेश प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।उनका अनुसार घरका अन्य सात वटा झ्यालका सीसा फुटेको र भ¥याङको रेलिङमा समेत क्षति पुगेको छ ।

रातको समयमा ग्यास लिक भएको र बिहान उठेर चिया पकाउने क्रममा लिगएको ग्यासमा आगो लाग्दा सिलिण्डर पड्किएको डिएसपी थिङले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]