०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, माघ २४, २०७७

झापा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले आगामी फागुन १५ गतेपछि देशमा डरलाग्दो राजनीतिक स्थिति आउने चेतावनी दिएका छन्।

अबको २० दिनपछि प्रतिनिधि सभा पुनर्स्थापना नभए देशमा बर्बादीको परिस्थिति श्रृजना हुने उनले चेतावनी दिएका हुन्।शनिबार झापाको विर्तामोडमा आफ्नो पार्टीको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो चेतावनी दिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक गतिविधिका कारण उक्त स्थिति श्रृजना हुने उनको भनाइ थियो।अबको विकल्प कि प्रतिनिधि सभा पुनर्स्थापना कि सर्वनाश मात्र भएको नेता भुसालले बताए। उनले भने, ‘अब अरू कुनै उपाय छैन कि संसदको पुनर्स्थापना कि सर्वनाश।’प्रतिनिधि सभा पुनर्स्थापना नभए देश सर्वनाशको अवस्थामा जाने भुसालको भनाइ थियो। अब २० दिन भित्रमा अदालतको फैसला आउने र प्रतिनिधि सभा पुनर्स्थापना नभए त्यसपछिका दिन सर्वनाशको अवस्थामा पुग्ने उनले बताए।

संसद पुनर्स्थानाको मुद्दा जितिनेमा आफू विश्वस्त रहेको नेता भुसालले बताए। उनले भने, ‘यो मुद्दा जितिएन भने सर्वनाश हुन्छ। त्यसैले संसद पुनर्स्थापनाको मुद्दा जित्नै पर्छ। सर्वनाश हुन दिनु हुँदैन।’प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता बाहेक अरू केही नहेरेको उनले बताए। आफ्ना पार्टीका शीर्ष नेताहरूले ओलीको सत्ता मोहबारे केही नबुझेको भुसाले बताए। उनले भने, ‘प्रचण्डले त झन् बुझेकै रहेनछ। ओलीले जे-जे भन्यो त्यही त्यही मानिदिँदा ओलीको सत्तामोह बुझेको हुन्छ कतै?’ओलीले कसैलाई पनि कमरेड नसोचेको भुसालले बताए। उनले भने, ‘ओलीको कोही कमरेड देख्नुभएको छ?’जो मान्छे पदमा छ, जो पदको लाइनमा छ, जसले ठेक्कापट्टा पाइरहेको छ र जसले त्यस्तो अवसर पाउनेवाला छ त्यस्ता मान्छे ओलीसँग डराएको भुसालले बताए। उनले भने, ‘अब जनमत ओलीसँग छैन।’

आजको चेतना भएको अदालतको फैसला संविधानको मर्मअनुरुप नै हुने आफू विश्वस्त रहेको भुसालको भनाइ थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]