काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावले मौसममा बदली भएको हो ।
अहिले लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘‘काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ,’’ महाशाखाकी मौसमविद् सजिना शाक्यले बाह्रखरीसित टेलिफोनमा भनिन् ।गण्डकी, वाग्मती र प्रदेश नम्बर–१ का उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको उनले बताइन् । सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत हल्का हिमपातको सम्भावना देखिएको उनको भनाइ छ ।
आइतबार (भोलि)देखि मौसममा क्रमशः सुधार आउने उनले जानकारी दिइन् । ‘भोलिदेखि मौसममा सुधार हुँदै जानेछ,’’ उनले भनिन् ।