१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, माघ २४, २०७७

खोटाङ – ठेकेदारको कम्पनीको चरम ढिलासुस्तीले खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –८ बुवालुङमा पर्ने पंखुखोलाको मोटरेवल पुलको निर्माण कार्य साँढे पाँच वर्ष वितिसक्दा पनि निर्माण कार्य अलपत्र परेको छ जसका कारण स्थानीयलाई सास्ति व्योहोर्न बाध्य छन् ।

दिक्तेल–भोजपुरका लागि प्रमुख तथा छोटो दुरी मार्गमा रहेको पंखुखोलामा पुल निर्माणमा ढिलासुस्ती हुँदा दिक्तेल–चखेवाभञ्ज्याङ–भोजपुर सडक खण्डमा आवतजावत गर्ने यात्रुहरु जोखिम मोलेर खोला तर्न बाध्य छन् भने बर्खाको समयमा भल बाढि तर्न नसक्दा विद्यार्थीहरु विद्यालय सम्म पुग्न नसक्ने अविभाबक तथा स्थानीबासिन्दाले बताएका छन् ।खोलामा पुल निर्माण नभएपछि बर्षा याममा बिरामीहरुलाई अस्पताल जानसमेत कठिनाई हुने गरेको वडा स्वास्थ्य प्रमुख रुपक बुढाथोकिले बताएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत सडक बिभाग कार्यालय धुलिखेलको २ करोड २९ लाखको लागतमा ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सनले २०७३ साल असारभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरि २०७२ साल असोज सात गत्ते ठेक्का सम्झौता गरेको थियो ।सडक विभाग र ठकेदारविच भएको तत्कालिन सम्झौता अनुसार ३१ महिना अगाडी अर्थात गत २०७५ साल असार मसान्तभित्रै उक्त पुलको निर्माणकार्य सम्पन्न गरिसक्नुपर्ने थियो । हालसम्म ठेकेदार कम्पनिले ९१ लाख भुक्तानी लिई सकेको छ । सडक विभाग र ठेकेदारविच भएको सुरुको सम्झौता अबधिभित्र ठकेदारले पुलको निर्माण कार्य सम्पन्न गर्न नसकेपछि दुईपटक म्याद थप गरिसकिएको छ । अन्तिम पटक थप गरिएको म्याद पनि २०७७ साल असारमै सक्किसकेको छ ।

दुईदुई पटक म्याद थप गर्दा पनि पुलको फाउन्डेसन र सब–इस्ट्रक्चरको केहि प्रतिशत मात्र काम सकिएको पाइएको छ । पुल अलपत्र छाडेर महिनौदेखि सम्पर्कविहिन बनेको उक्त ठेकेदार कम्पनीलाई सडक विभागले यसअघिनै कारबाहीको प्रकृयामा लगिने चेतावनी दिएपछि पुल निर्माणलाई निरन्तरता दिने प्रतिवद्धता गरेपनि पुलको थप प्रगति हुन नसकेको पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय धुलीखेले बताएको छ ।इन्जिनियर विश्व विजयलाल श्रेष्ठले बताएका छन् । यता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भने निर्माण कम्पनिलाई बारम्बार ताकेता गर्दा समेत अटेर गर्दे आएको बताएको छ । हालसम्म पुलको भौतिक प्रगति करिव ४० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङ खण्डमा अधिकांस खोलाहरुमा पुल लगायत आबश्यक संरचना निर्माण भइसकेपनि जोखिमपूर्ण मानिएको पंखु खोलामा हालसम्म पुल निर्माण नसकिदा यो सडक खण्ड हिँउदभर सञ्चालन भएपनि बर्षा लागेसंगै बन्द हुने बाध्यता रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]