०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, माघ २४, २०७७

सप्तरी – स्वास्थ्य कार्यालय चितवनकाअनुसार चालु आर्थिक वर्षको छ महिनामा त्यस सङ्ख्यामा रोगी थपिएका हुन ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीकाअनुसार भेटिएका रोगीहरुमध्ये सबैभन्दा बढी भरतपुर महानगरका छन् । इच्छाकामना गाउँपालिकामा भने रोगी नभेटिएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकाको नारायणी नदी किनारमा बढी कुष्ठरोगी भेटिएको कार्यालयले जनाएको छ ।

अहिले चितवनमा नयाँसहित कुष्ठरोगीको संख्या १ सय १६ पुगेको छ । उनीहरुले नियमित औषधि सेवन गर्दै आएको उहाँको भनाइ छ । चितवन कुष्ठरोग निवारणतर्फ लागेको उहाँले बताउनुभयो । द लेप्रोसी मिसन नेपालको आयोजनामा भएको अन्तर्क्रिया कार्यक्रममा गएकाे आर्थिक वर्षमा ६० जना नयाँ रोगी भेटिएको जानकारी दिइएको थियो ।

कुष्ठरोगीहरुको जीविकोपार्जनका लागि जिल्लामा ६ वटा सहकारी संस्थाबाट काम भइरहेको जानकारी दिइयो । यो रोग माइट्रो ब्याक्टेरीया लेप्रो नामक सुक्ष्म किटाणुबाट सर्ने गर्दछ । अहिले जिल्लामा १० हजार जनामा एक जनालाई रोग देखिने गरेको तिवारीले बताउनुभयो । याे संख्या घट्दो क्रममा रहेको छ ।

कुष्ठरोग लागेका बिरामीहरुले नियमित एक वर्षसम्म औषधि खुवाउनु पर्ने हुन्छ । शरीरको कुनै भागमा छुँदा थाहा नपाउनु, रातो फुस्रो दागहरु देखिनु, हात खुट्टा झमझमाउनु, अनुहार र कानको लोति बाक्लो हुनु र गिर्खाहरु देखिनु यसका लक्षणहरु हुन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]