२९ भाद्र २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन २६, २०७७

सप्तरी,२६असोज: सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोना नियन्त्रणका लागि रेडजोनसहितको मापदण्ड तोकेको छ । उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख र जिल्ला अधिकारीसमेतको उपस्थितिमा बसेको बैठकले कोभिड रोग रोकथाम तथा नियन्त्रणका लागि ब्यवस्थापन तथा अनुगमन सम्वन्धि मापदण्ड बनाएको हो ।

उपमेयर लक्ष्मी गौतमले प्रस्तुत गरेको मापदण्डमा इटहरी क्षेत्रको जोखिम वर्गिकरण गरिएको छ । इटहरी चौक क्षेत्र, वडा नम्वर ९ हटिया क्षेत्र, बसपार्क, तरहरा बजार, खनार बजार र पकली चौकलाई उच्च जोखिम क्षेत्रमा परेको छ ।

मास्क नलगाई हिँडने जोकोहीलाई नियन्त्रणमा लिएर सय रुपैयाँ जरिवाना गरि एकथान मास्क दिएर सचेत गराइने बताइएको छ । प्रत्येक पसल, कार्यालय अगाडि साबुनपानीको ब्यवस्था गर्ने, नगरेको पाइए एक पटक सचेत गराउने, पुनः उल्लंघन गरे संक्रामक रोग ऐन २०२० अनुसार कारवाहीको लागि सिफारिस गरिने भएको छ ।

यसैगरी साप्ताहिक हटिया बन्द गर्ने पनि निर्णय गरिएको छ । त्यसैगरी कोभिड रोग पूर्ण नियन्त्रण नभएसम्म सभा, मेला, भोज भतेर तथा सार्वजनिक कार्यक्रमहरुलाई प्रतिबन्ध गरिएको छ । जेष्ठ नागरिक, दम, मधुमेह, उच्चरक्तचाप जस्ता दीर्घरोग भएका र गर्भवती, सुत्केरी र बालवालिकालाई उपचारका लागि बाहेक हिँडडुलमा रोक लगाइएको छ ।

नगरप्रमुख द्वारिकलाल चौधरीले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न नगरवासीमा आग्रह गरेका छन् । उपमेयर गौतमले मापदण्ड बनाएर मात्र नहुने भएकाले कडाइका साथ पालना गर्न र गराउनुपर्ने बताउनुभएको छ । एक महिनाअघि नै मापदण्ड लागू गरिएको भए अहिलेको जति क्षति नहुने उनको भनाइ छ ।

होम आइसोलेसनको मापदण्ड नपुगेको अवस्थामा संक्रमितलाई इटहरी आइसोलेसनमा राखिने भएको छ । इटहरी अस्पताल इमरजेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार अहिले इटहरीको होम आइसोलेसनमा २ सय ८६ जना छन । इटहरीको आइसोलेसनमा ४५ जना छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]