०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ २३, २०७७

काठमाडौं । प्रतिबन्धित (नेकपा) नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई सर्वोच्च अदालतले रिहाइको आदेश दिएपनि प्रहरीले फेरी उनलाई पक्राउ गरेको छ ।

पुस २९ मा प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सिमानाबाट पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई नख्खु स्थित एनसेल मुख्यालय अगाडी गराएको बम विष्फोट तथा ज्यानमुद्धा अगाडि बढाएको थियो । धमेन्द्र पत्नी हिमा बास्तोलाले बन्दी प्रत्यक्षीकरणको रिट हालेपछि सर्वोच्च अदालतले उनलाई बिहिबार छाड्न आदेश गरेको थियो । सर्वेच्चका रजिष्टार र बारका अध्यक्षको रोहबरमा छुटेका उनलाई प्रहरीले भने छाडेको छैन् ।
बिहिबार पुनः पक्राउ गरेर प्रहरीले उनलाई महानगरीय प्रहरी वृत कमलपोखरीको हिरासतमा थुनेको थियो । शुक्रवार जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाड्न आदेश दिएपछि प्रहरीले फेरी उनलाई पक्रेको छ । बास्तोलालाई अहिले महानगरीय प्रहरी वृत महाराजगञ्जको हिरातसमा राखिएको छ । पुराना मुद्दम बाँकी रहेकाले उनलाई फेरी पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि बहादुर पालले रातोपाटीलाई बताए । उनले भने–‘महाराजगञ्ज क्षेत्रमा भएको विष्फोटको घटमा संलग्नता बारे अनुसन्धान भइरहेको छ ।’ बसुन्धारा स्थित वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा ०७६ फागुन २४ मा भएको विष्फोटको घटनामा बास्तोला संलग्न रहेको प्रहरीको दाबी छ ।

अदालतबाट उनिविरुद्ध म्याद जारी भएको छ । बास्तोला विप्लव समूहका तेस्रो बरियताका नेता हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]