सप्तरी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणको अक्सनमा नेपालबाट आठ जना खेलाडीले नाम दर्ता गराएका छन् ।
कूल १ हजार ९७ जना खेलाडीले नाम दर्ता गराएकामा नेपालका सन्दीप लामिछाने, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहराले नाम दर्ता गराएका हुन् ।
सन्दीप यसअघि लगातार तीन संस्करण दिल्ली क्यापिटल्समा आवद्ध थिए । फेब्रुअरी १८ तारिखमा हुने आईपीएलको अक्सनका लागि बिहीबारसम्म खेलाडी दर्ताको मिति तोकिएको थियो । १ हजार ९७ मध्ये आठ सय १४ जना भारतीय र दुई सय ८३ जना विदेशी खेलाडी रहेका छन् ।