दमक । नेकपा दाहाल–नेपाल समूहका बरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालत कुनै राजा महाराजले खडा नगरेको बताएका छन् । उनले सर्वोच्च अदालत कानुन अनुसार चल्ने संस्था भएको बताए ।
प्रेस संगठन झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले सर्वोच्च अदालत संविधान र कानुन अनुसार चल्ने संस्था भएको बताए । उनले भने, ‘सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्छ भन्ने हाम्रो विश्वास छ ।’पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले निर्वाचन आयोग संविधान अनुसार गठन भएको संवैधानिक आयोग भएको बताए । आयोगले संविधान र दल सम्बन्धी ऐनका आधारमा नेकपाको आधिकारिकता सम्बन्धी निर्णय गर्ने उनले बताए । उनले भने, ‘दल सम्बन्धी ऐनमा बहुमत केन्द्रीय सदस्य हुनेले आधिकारिकता र चुनाव चिन्ह पाउँछ ।’
केपी ओली समूहले गरेको प्रदर्शनलाई नेता खनालले पञ्च र्यालीको संज्ञा दिए । संयुक्त आन्दोलनका सम्बन्धमा सोधिएको एक प्रश्नको जवाफमा नेता खनालले भने ‘छलफल हुँदैछ, संयुक्त आन्दोलन हुन्छ ।’