१२ कार्तिक २०८१, सोमबार
wait Please...

एस एन यादव

सोमबार, आश्विन २६, २०७७

सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर २ मैनाकडेरीमा एक महिलाकाे हत्या गरिएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेका छन ।आफ्नै देउरानि संग अनैतिक सम्बन्ध रहेकाेले गत असोज १० गते एक महिलाको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हाे ।

मैनाकडेरी बस्ने शिक्षक शिवनारायण यादवकी श्रीमती ५० वर्षीया दाइमन देवी यादवको हत्या भएको थियो ।पक्राउ पर्नेमा जिल्लाकाे तिरहुत गाउँपालिका वडा न.२ का २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र कञ्चनरुप नगरपालिका वडा न.११ ठेलियाका ५५ वर्षीय बमबहादुर साह रहेको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले एक विज्ञप्ति प्रकाशन गरि जनाएको छ ।

यी तीन जनामध्ये साहले दाइमन देवीलाई भुइँमा लडाएर डोरीले घाँटीमा कसी हत्या गरेको खुल्न आएको प्रदेश प्रहरीले जनाएको छ । साे घटनामा ‘अन्य दुइ जना ओमप्रकाश र अजयले बाहिर कोही आउँदैछ कि भनेर पहरा दिएको तथा उनीहरुले गरेको अपराध स्वीकार गरेकाे प्रहरीले दावि गरेका छन् ।
यसेबिच प्रदेश प्रहरीका अनुसार मृतक महिला दाइमन देवी यादवकी देउरानीसँग प्रतिवादी ओमप्रकाश यादवको अनैतिक सम्बन्ध रहेको र सो कुरा दाइमन देवीले थाहा पाउँदा ओमप्रकशले रिसइबी साँधेर उनको हत्याको योजना बनाएको खुल्न आएको छ ।

त्यसेगरि अर्का प्रतिवादी अजय यादव र मृतकबीच जग्गा विवाद देखिएको छ । मृतकको २ बिघा जग्गा अजय यादवको बुबाले २०४७ सालदेखि जोतभोग गर्दै आएकोमा विवादका कारण बाली नबुझाएको देखिएको प्रहरीले जनाएको छ ।प्रतिवादी बमबादुर साह विगतमा मधेश मुक्ति टाइगर्स भन्ने सशस्त्र समूहमा संलग्न रही शिक्षक रामनारायण साहको हत्या गरेको अभियोगमा ८ वर्ष जेल सजाय भुक्तान गरी २ वर्षअघि छुटेका थिए ।यता साहलाई ओमप्रकाश यादव र अजय यादवले हत्यामा संलग्न रहेकाे प्रहरीले जनाएको छ ।

यसै बिच साे घटनाकाे सम्बन्धमा थप अावश्यक अनुसन्धान कार्य भइरहेको प्रदेश प्रहरी कार्यालय प्रदेश न.२ जनकपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]