१९ फाल्गुण २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ २३, २०७७

सुर्खेत । शुक्रबार मौसममा आएको बदलीसँगै कर्णालीका हिमाली तथा मध्यपहाड क्षेत्रका विभिन्न स्थानमा हिमपात भएको छ । बिहीबार रातिदेखि हिमपात शुरु भएकाले जनजीवन कष्टकर बनेको छ । कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा लगायतका जिल्लामा उच्च हिमपात भएको हो । त्यस्तै दैलेख, कालिकोट लगायतका मध्य क्षेत्रका उच्च भू–भागहरुमा पनि हिमपातसँगै चिसो बढेको छ । यस पटकको हिमपात यो वर्षकै धेरै भएको आङ्कलन गरिएको छ । यद्यपि, यसअघि पनि एक दुईपटक हिमपात भएको थियो ।

हिमपातले हिमाली जिल्लाहरुको तापक्रम माइनस डिग्रीमा झरेको छ । हुम्लाको उत्तरी भेगमा एक इन्च हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । विशेषगरी हुम्लाका खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र बाक्लो हिउँ जमेर सेताम्य भएका छन् । यस्तै छायानाथ रारा नगरपालिका, मुगुम कार्मारोङ्ग गाउँपालिकामा अत्यधिक हिमपात भएको र अन्य क्षेत्रहरुमा पनि हिउँ परेको सम्बन्धित स्थानीय तहहरुले जानकारी दिएका छन् । हिमपातका कारण सिमकोट क्षेत्र आसपासका विद्यार्थीहरुलाई विद्यालय जान समेत समस्या भएको छ । त्यस्तै सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई पनि हिमपातका कारण समस्या भएको छ भने सेवाग्राहीहरु प्रभावित बनेका छन् । यस्तै हिमाली जिल्ला डोल्पाका उच्च हिमाली भेगहरुमा पनि हिमपात भएको ठुलोभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीले रातोपाटीलाई बताए । उनले भने, ‘लेकाली क्षेत्रहरुमा धेरै हिउँ परेको छ, अलि बस्ती क्षेत्रमा अलिकति मात्र हिउँ परेको छ ।’ ‘जनजीवन कष्टकर बनेपनि हिउँ पर्दा हामी खुसी नै छौँ,’ उनले भने । यस्तै जुम्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ । हिमपात भएको जमिनमा चिस्यान रह्यो भने खेतीपाती निकै राम्रो हुने गरेको जुम्लाका स्थानीय प्रतिनिधिहरुले बताएका छन् ।

हिमपात हुँदा कृषकहरु उत्साहित !
अत्यधिक चिसो बढेता पनि यो पटकको हिमपातले भने कृषकहरु खुसी भएका छन् । हिमाली क्षेत्रमा जेठमा पाक्ने बाली उवा, गहुँ, जौँलाई फाइदा हुने हुँदा उत्साहित भएको कृषकहरुले बताएका छन् । बारीमा लगाइएको गहुँ, जौँ, उवा लगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यसवर्ष समयमा वर्षा नहुँदा चिन्तित बनेका किसान खुसी भएको हुम्ला सर्केगाडका स्थानीय कृषक मानबहादुर ऐडी बताउँछन् ।

यो समयमा जमिनमा चिस्यान रह्यो भने खेतीपाती निकै राम्रो हुने गरेकोले पनि कृषकहरुलाई थप राहत मिलेको मुगु रारानाथ नगरपालिका–५ का कृषक सक्क बुढाले रातोपाटीलाई बताए । डोल्पाको ठुलोरी नगरपालिकाका मेयर शाहीले भने, ‘यो बेला भनेको घाँस सुकाउने समय हो, हाम्रा लागि त्यो पनि सहज भएको छ ।’ कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले यो वर्षको हिमपातले जुम्लाका कृषकहरुलाई राहात मिलेको बताए ।

हवाईसेवा अवरुद्ध :
हिमपातका कारण हिमाली जिल्लाको एकमात्र यातायातको साधन हवाई यात्रा अवरुद्ध हुन पुगेको छ । शुक्रबार बिहानदेखि अन्तर हुम्लादेखि जिल्ला जोड्ने एक मात्रै हवाई यातायत अवरुद्ध भएको हो । विहान विमानस्थलको धावनमार्गमा जमेको बाक्लो हिउँ दिउँसो गाडीले पन्छाए पनि निरन्तर हिमपात र हावाहुरीका कारण नेपालगञ्ज–सुर्खेतबाट उडान हुन नसकेको सिमकोट विमानस्थललले जानकारी दिएको छ ।

विकट हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायत अवरुद्ध हुँदा नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रु अलपत्रमा परेका छन् भने हुम्लाबाट जिल्ला बाहिर जाने यात्रु समेत सिमकोटमै रोकिएका छन् । यस्तै उ त्तरी हिल्सामा आवतजावत समेत ठप्प हुनुका साथै चिसो अत्याधिक बढेको सशस्त्र प्रहरी विओपी हिल्साले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]