०६ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ २३, २०७७

काठमाडौं । ब्याट्री प्रविधिमाथि त्यति धेरै काम नभए पनि फास्ट चार्जिङमा भने नयाँ नयाँ प्रविधि विकास भइरहेको छ । यस्तैमा चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमी २०० वाट फास्ट चार्जिङको तयारीमा जुटेको छ ।

यसबाट केवल १० मिनेटमा फोन फुल चार्ज गर्न सकिनेछ । साओमीले आगामी दिनमा यो प्रविधि आफ्नो फ्ल्यागशिप स्मार्टफोनमा उपलब्ध गराउन सक्नेछ ।यद्यपी यसको कुनै निश्चित समयतालिका भने स्पष्ट छैन । यस विषयमा एक टिप्सटरले चिनियाँ माइक्रो ब्लगिङ साइट वाइबोमा पोस्ट गरेका छन् ।टिप्सटरले भनेका छन् कि २०० वाट फास्ट चार्जिङ प्रविधिमाथि कम्पनीले निकै तीव्र रुपमा काम गरिरहेको छ । यसलाई फ्ल्यागशिप स्मार्टफोनको साथमा यसै वर्ष सार्वजनिक गर्न सक्ने संभावना छ ।

टिप्सटरका अनुसार साओमीले यसका लागि रोचक तरिका अपनाएको छ । जसमा कम्पनीले वायरलेस चार्जिङको कम्बिनेसन मिलाएर २०० वाट फास्ट चार्जिङ प्रविधिलाई पेश गर्ने कम्पनीको योजना छ ।यसअघि कम्पनीले यसैगरी १८५ वाट फास्ट चार्जिङ पेश गरिसकेको छ । जसमा वायर्ड १२० वाट तथा वायरलेस चार्जिङ ५५ वाट तथा रिभर्स चार्जिङ १० वाट मिलाएर १८५ वाटको संयोजन गरिएको छ ।रोचक कुरा के छ भने कम्पनीले २०० वाट फास्ट चार्जिङमाथि यस्तो बेला गरिरहेको छ कि जब अन्य कम्पनीहरु फोनको बक्सबाट चार्जर हटाइरहेका छन् । साओमीले समेत हालै ल्याएको मि इलाभेनमा चार्जर दिएको छैन ।यद्यपी ग्राहकले पछि गएर ग्राहकलाई बिना मूल्य चार्जर छनौट गर्ने मौका दिइएको थियो । यस बाहेक कम्पनीले इन्टरनल फोल्डिङ फोनमा समेत काम गरिरहेको छ ।

साओमीको तर्फबाट यी विषयमा आधिकारिक सूचना भने दिइएको छैन । यस अघि कम्पनीले एयर चार्जर प्रविधि पेश गरिसकेको छ । जसबाट हावामै डिभाइसलाई चार्ज गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]