२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ २३, २०७७

काठमाडौं । काठमाडौंमा शुक्रबार साँझबाट वर्षा सुरु हुने भएको छ । दिउँसोबाट मौसम बदली भएको काठमाडौंमा साँझबाट पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

“आज बेलुका ७/८ बजेबाट पानी पर्न सुरु भएर बिहान ३/४ बजेसम्म पर्नेछ,” मौसमविद् निराजन सापकोटा भन्छन्, “तर ठूलो पानी भने पर्दैन । फाटफुट वर्षा त अहिले दिउँसोबाटै सुरु हुन्छ ।”भोलिसम्म बादल लाग्ने, हट्ने र पानी पर्ने क्रम चलिरहने उनको भनाइ छ । अहिले पश्चिम नेपालमा पानी परेहको सापकोटा बताउँछन् । पोखरासम्म ठूलै पानी परे पनि पश्चिमी वायु भएकाले काठमाडौंसम्म आइपुग्दा वायुमा आद्रता कम भएकाले केही हल्का वर्षा मात्रै हुने उनको भनाइ छ । काठमाडौंबाट क्रमशः पश्चिमी वायु पूर्वी नेपालतर्फ सर्दै जाने छ । पश्चिम नेपालमा भने शनिबार विहानबाट मौसम खुल्दै जाने मौसमविद् सापकोटा बताउँछन् । “शनिबार विहानबाट पश्चिममा मौसम खुल्दै जान्छ । तर, पानी परे/नपरे पनि आंशिक बदली भने रहन्छ”, सापकोटा भन्छन्, “काठमाडौंमा भने शनिबार रातिबाट मात्रै सुधार आउँछ । पूर्वमा भने आइतबारबाट मात्रै मौसम सफा हुन्छ ।”पश्चिमी वायु भएकाले पानी परेर रहेको केही दिनसम्म पनि चिसो रहिरहने उनी बताउँछन् । घाम लाग्न थालेको केही हप्तापछि मात्रै चिसो हटेर गर्मी सुरु हुने सापकोटाको भनाइ छ ।

समयमै पानी नपरेका कारण यो वर्ष माघको तेस्रो साता वितिसक्दा पनि चिसो कम भएको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]